(साउन २१, काठमाडौं) । “मिस टुरिजम–२०१८” को प्रथम अडिसन काठमाडौंमा सम्पन्न भएको छ ।
प्वाईन्ट मिडिया प्रा।लि द्धारा आयोजित अडिसनमा १८ जना प्रतिस्पर्धिहरुले अडिसन दिएका थिए । अडिसनको निर्णायकमा बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, लेखक राजन सिम्खडा, विष्णु पाण्डे, रोजिन शाक्य र ओरुषा थापा रहेका थिए ।
प्वाईन्ट मिडिया प्रा।लि।ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१८” को आयोजना गरेको प्वाईन्ट मिडिया प्रा।लि।का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।
मिस टुरिजम–२०१८ को ग्राण्ड फाईनल आगामी भाद्र ९ गते काठमाडौंमा हुँदैछ ।






