इन्डोनेसियामा शक्तिशाली भूकम्प : ८२ जनाको मृत्यु, सयौं घाइते

(साउन २१, एजेन्सी) । इन्डोनेसियामा शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । विद्युत आपूर्ति बन्द भएको बीबीसीले जनाएको छ ।

इन्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् ।

प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो । ६।४ रेक्टर स्केलको भूकम्पमा १६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र