‘मिस्टर भर्जिन’को प्यारोडी प्रतियोगिता : उत्कृष्ट तीनलाई पुरस्कृत गरिने

(साउन १९, काठमाडौं) । विशारद बस्नेतको निर्देशनमा रहेको फिल्म ‘मिस्टर भर्जिन’ ट्रेलरको प्यारोडी  प्रतियोगिता घोषणा गरेको छ ।

सहभागीहरुले ट्रेलरको प्यारोडीलाई [email protected] मा पठाउनु पर्नेछ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउनु पर्नेछ  । इमेलमा प्राप्त प्यारोडीमध्ये उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् ।

मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारहरुको  अभिनय रहेको छ ।

फिल्ममा दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी.काप्रीको सम्पादन रहेको छ ।

‘मिस्टर भर्जिन’ले देशभर सिटी टूर गर्दै कलाकार र सम्पूर्ण युनिट संग भेट घाट साथै अन्य सांकृतिक मनोरन्जनात्मक कार्यक्रम लिएर भीलीदेखि  पोखराबाट  सुरु  गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्