पीएनजीलाई ३७ रनले नेपालले हरायो

काठमाडौँ, १७ चैत । करण केसीले ह्याट्रिकसहित ५ विकेट लिनुका साथै दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा पपुवा न्युगिनी (पीएनजी)लाई ३७ रनले हराएको छ ।

पीएनजीलाई ३७ रनले हराउनुको साथै नेपालले एक खेलअघि नै फाइनलमा स्थान बनाएको छ । नेपालले यसअघि पीएनजीलाई १५ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब मलेसियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हरेर ब्याटिङका लागि निम्त्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएको थियो । २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः