काठमाडौँ, १६ चैत । त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् ।
खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।




