फ्राईडे रिलिज : हलमा ‘कायरा’ भर्सेज ‘झमक बहादुर’

(साउन १८, काठमाडौँ) ।  फ्राईडे रिलिज अन्तर्गत यस हप्ता हलमा ‘कायरा’ र ‘झमक बहादुर’ले  देशभर प्रदर्शन आरम्भ गरेको छ ।
कायरा
लक्ष्मण रिजालको निर्देशनमा रहेको फिल्म कायरामा  अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेका छन । मल्टिप्लेक्समा उच्च शोज पाएको यो फिल्मले देशभरका ८० हलमा आफ्नो वर्चश्व जमाएको छ ।
उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
झमक बहादुर
भोमन कटुवाल निर्देशित तथा मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ले पहिलो ट्रेलर सार्वजनिक भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी रहेको भन्दै चर्को आलोचना भएको थियो । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।
‘झमक बहादुर’ मा यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापा लगायतका कलाकारहरुको अभिनय  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्