एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान

 (साउन १७, काठमाडौं) । १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान गरेका छन ।

नेपाली जुडो टिमले थाइल्याण्डको बैंककमा शनिबार र आइतबार संचालन हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागिता जनाउने छन् ।

थाइल्याण्डबाट नेपाली खेलाडी बैदेशिक प्रशिक्षणका लागि हंगेरी जाने नेपाल जुडो संघले जनाएको छ । हंगेरीमा केही दिन प्रशिक्षण गरेर उनीहरुले बुडापेस्ट ग्राँपी जुडो प्रतियोगितामा समेत सहभागिता जनाउने छन् ।

१४ सदस्यिय नेपाली टिमलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य लगायतले विदाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि