धनगढी, ५ चैत । कैलालीको धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो । १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच हुनेछ ।
प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने छ । यस्तै, प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।





