एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग पराजित

(साउन १६, काठमाडौं) । नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित बनेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १८९ रन जोड्दा अलआउट भएको थियो । नेदरल्यान्ड्सको १९० रनको लक्ष्य पाएको नेपाल ४१ दशमलव ५ ओभर खेल्दा सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१ रन जोडे । यस्तै कप्तान पार खड्का १२ रनमै आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि छुन सकेनन् ।

बलिङतर्फ पारस खड्काले ४ विकेट हात पारे । यस्दै सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, वसन्त रेग्मी र करण केसीले १(१ विकेट लिए । नेदरल्यान्ड्सका पीएम सेलर, रिप्पोन र क्लास्सेनले समान ३–३ विकेट लिए ।

दोस्रो खेल शुक्रवार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि