उडेको पाँच नपुग्दै विमान दुर्घटना : ९७ यात्रु सवार

(साउन १६, बिबिसी)। मेक्सिकोको दुरंगो शहरमा विमानविमान उडेको पाँच मिनेटपछि नै दुर्घटना भएको छ ।

राज्यका गभर्नरले घटनाको पुष्टि गर्दै दुर्घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिएका छन् । दुरंगोका गर्भनर होसे एसइपुरोले ट्वीट गर्दै चार चालक दलसहित ९७ यात्रु सवार उक्त विमान दुर्घटनामा ८५ जना घाइते भएको जसमध्ये दुईको अवस्था चिन्ताजनक भएको जानकारी दिएका छन् ।

एरोमेक्सिको फ्लाइट एएम२४३१ ले ग्वाडालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीका लागि उडान भरेको थियो ।स्थानीय मिडियाको रिपोर्ट अनुसार दुर्घटना भएको र यात्रीहरु हाइवे नजिकै मद्दत मागिरहेको देखिए ।

एयरपोर्ट अपरेटर ग्रुपो एरोपुर्तुवारियो सेन्ट्रो नोर्टेले सुरुवाती अनुसन्धानपछि दुर्घटना खराब मौसमका कारण भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र