काठमाडौँ, २३ फागुन । भ्रामक समाचार प्रसारण गर्ने एक युट्युब सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार प्रसारण गर्ने गुल्मी भनभने ९ का राहुल थापालाई पक्राउ गरेको हो ।
‘स्लेब नेपाल’ युट्युब च्यानलका उनी संचालक हुन् । चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको हो । राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ ।





