अपराजित रहँदै मच्छिन्द्रलाई उपाधि

काठमाडौँ, १४ फागुन । मच्छिन्द्र फुटबल क्लबले अपराजित रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न लिगको अन्तिम खेलमा पनि सुखद नतिजा निकाल्यो । मच्छिन्द्रले अन्तिम खेलमा विभागीय क्लब एपीएफलाई २–१ ले हरायो । अपराजित रहँदै च्याम्पियन बन्यो ।

एपीएफले तुलनात्मक रूपमा राम्रो खेले पनि हार टार्न सकेन । मछिन्द्रलाई जित दिलाउन अभिषेक गुरुङ र रेजिन सुब्बाले एक/एक गोल गरे । एपीएफका प्रदीप लामाले एक गोल फर्काए । ४२औँ मिनेटमा अभिषेकले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा प्रदीप गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ८१औँ मिनेटमा रेजिनले गोल गर्दै मत्छिन्द्रलाई २–१ को जित दिलाए ।

अन्तिम केही मिनेट दुवै टोली १० खेलाडीमा समेटिएका थिए । ८६औँ मिनेटमा मच्छिन्द्रका सोनाम भुटिया र एपीएफका आवास लामिछानेले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका हुन् । जितसँगै मच्छिन्द्रले १३ खेलबाट ३५ अंक जोडेर लिग सकायो । एपीएफले १५ अंक जोड्यो । एपीएफ आठौँ स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः