‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीत रिलिज (भिडियो सहित)

(साउन १४,  काठमाडौं)। दीपाश्री निरौला निर्देशित फिल्म  ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बर’ मा बोलको गीत  रिलीज भएको छ ।

 गीतमा डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ भने राजेन्द्र थापाको शब्द तथा दिपक शर्माले संगीत रहेको छ । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ आदिको फिचर रहेको छ ।

‘आमा सरस्वती मुभिज्’को व्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरि पौडेल, विल्सनविक्रम राई, किरण केसी, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ।

दीपकराज गिरीको कथा रहेको फिल्म ‘छक्का पञ्जा ३’मा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता हुन भने सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, तारा बजगाईं, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया र केशव न्यौपानेको लगानी रहेको छ ।

उक्त फिल्म दशैँमा रिलिज गर्ने निर्माण युनिटले जनाएको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित