१६ बीमा कम्पनी धरापमा : ४ वटाले मात्र चुक्ता पुँजी पुर्‍याउन सफल

(साउन १४, काठमाडौं) । बीमा समितिले गत आर्थिक वर्षको असार मसान्तसम्म २० वटा निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्बका दरले चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएसँगै ४ वटा कम्पनीले मात्र चुक्ता पुँजी पुर्याउन सफल भएका छन् भने वाँकी १६ वटा कम्पनी धरापमा परेका छन् ।

समितिले दिएको निर्देशनअनुसार असार मसान्तसम्म ४ वटा कम्पनीहरुले मात्रै पुँजी पुर्‍याएका छन् । जसमा नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले समितिले तोकेअनुसारको पुँजी तोकिएकै समयमा पुर्‍याएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए । निर्देशक पौडेलका अनुसार उक्त अवधिमा सबैभन्दा बढी पुँजी नेपाल इन्स्योरेन्सले पुर्‍याएको छ । चुक्ता पुँजीका आधारमा नेको इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा देखिएको छ । यसैगरी शिखर इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनी चौथो स्थानमा देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी करिब १८ अर्ब रुपैयाँ पुगेको छ । मुलुकमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ०७४र७५ को अन्तिम दिनसम्म १७ अर्ब ९७ करोड ९३ लाख ८८ हजार २ सय ८७ रुपैयाँ चुक्ता पुँजी पुर्‍याएका हुन् ।

यस अवधिमा तोकिए अनुसारको चुक्ता पुँजी आर्जन गर्न नसक्ने बीमा कम्पनीहरुमा लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स कम्पनी, सानिमा इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीले समेत चुक्ता पुँजी पुर्याउन सकेनन् । निजीतर्फको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने २६ करोड ६६ लाख ३९ हजार ५९ रुपैयाँ मात्रै पुँजी पुर्‍याएको छ ।

असार मसान्तसम्म बीमा कम्पनीहरुले पुँजी पुर्‍याउन नसकेपछि मर्जरमा जान बाध्य पार्ने तयारी भइरहेको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला

एजेन्सी, ५ बैशाख । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै

काठमाडौँ, ५ बैशाख । धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुईवटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एकजनाको सनाखत भएको छ । जिल्ला

काठमाडौँ, ५ बैशाख । आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत