नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने

काठमाडौँ, ९ फागुन । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८) देखि ९ सम्म सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो ।

दूतावासका प्रथम सचिव सकिल अहमदले विगतका वर्ष झैँ यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।“क्रिकेट पाकिस्तानको महत्वपूर्ण खेल भएकाले यसैबाट दुईदेशबीचको सम्बन्ध झन् प्रगाढ बनाउनका लागि प्रतियोगिता गर्दै आएका हाँै”, उहाँले भन्नुभयो । यस्ता खेलले नेपालका क्रिकेटप्रेमीका लागि पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा प्लेटर्फमका रुपमा रहेको बताउनुभयो । उहाँले यस प्रतियोगिताको मुख्य आकर्षण भनेको युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि शुभकामना दिँदै नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले युवालाई उनीहरुको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।उहाँले यस प्रतियोगिताबाट पाकिस्तान र नेपालबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका खेल धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछ । पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः