काठमाडौँ, ७ फागुन । टी२० विश्वकप छनोट दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बनेको हो । रनको हिसाबले नेपालको यो तेस्रो ठूलो जीत हो ।
यसअघि कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।






