पुर्बेली गायिका सिमरनले हिन्दी एल्बम ल्याउँदै

 (साउन  १३,  काठमाडौँ) । गायन र रेडियोकर्मलाई एकसाथ अगाडी बढाइरहेकी चर्चित पुर्बेली गायिका सिमरन अर्थात उषा मलाहाले हिंदी एल्बम ल्याउँदै  छिन ।

पाँच वटा गीत समावेश एल्बम तयारीको अन्तिम चरणमा पुगेको छ । उनको एकल शब्द रचना समेटिएको यस एल्बममा संगीतकार विकास चौधरीको एकल संगीत रहेको छ । सो एल्बममा ‘कुछ बोलो तुम’, ‘दिलके पास’ जस्ता गीत रेकर्ड भइसकेका छन् भने बाँकी गीतको काम धमाधम भइरहेको छ  ।

झापाको धुलाबारीमा जन्मेकी गायिका सिमरन पछिल्लो समय गायनमा सक्रियताका साथ लागी परेकी छन् । आगामी दशैंसम्ममा हिन्दीसहित गोविन्द गौतमको एकल रचनामा नेपाली एल्बम ‘सिमरन’ र गायक सुसन साम्सोहाङका साथमा पुर्वेली लोकगीत एल्बम ‘पूर्वै झापा गाउँ’ समेत श्रोतामाझ ल्याउने उनको योजना  रहेको उनले बताएकी  छिन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्