क्यालिफोर्नियाको जंगलमा आगोलागी : ५ को मृत्यु, १७ वेपत्ता

(साउन १३, बीबीसी) । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगोमा परी एक वृद्ध महिला र दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।

उक्त डढेलोमा बिहिबार दुईजना अग्निनियन्त्रकहरुको ज्यान गएको थियो । आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ । ज्यान गुमाएका पाँचमध्ये बालबालिका र उनीहरुका जिजु हजुरआमा रहेको खबर छ । शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ ।

आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु खरानी हुने खतरा रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३