(साउन १२, एजेन्सी) । उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो नियन्त्रण गर्न गएका दुइ अग्नि नियन्त्रकको मृत्यु भएको छ ।
गएको सोमबार सुरु भएको उक्त ओगोलागीमा अहिलेसम्म करीब ४८ हजार हेक्टर बराबरको भूभाग खरानी बनाइसकेको छ । स्थानीय अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको शास्ता काउण्टीमा लागेको आगोको लप्कालाई हावाले झन ठूलो आगोको आँधीमा परिणत गरेको र त्यसले रुखहरु जरैसमेत लडाउनुका साथै कारहरुलाई पल्टाइरहेको छ ।
अग्निनियन्त्रकहरु आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेता पनि हालसम्म नियन्त्रण आउन सकेको छैन ।
आगलागीले कम्तीमा पाँच सय संरचना नष्ट गरिसकेको छ भने हज्जारौं घर जोखिममा परेका छन् । आगलागीको कारण अझै अज्ञात छ ।






