(साउन ११, काठमाडौं) । यसै मेसोमा हरि सुवेदीको तीज गीत ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ भिडियो सार्वजनिक भएको छ ।
नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी यस सम्बन्धि गीतहरु बजारमा आइरहेको वेला एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् ।
घनश्याम खतिवडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायिका सारिका घिमिरे कम्मर मर्काएकी छन् भने उनलाई निक्लोस अर्यालले साथ दिएका छन् । पछिल्लो समयमा अभिनय सँग सँगै आफूलाई गायन क्षेत्रमा होमेकी सारिका घिमिरे अभिनित भिडियो उत्कृष्ट बनेको छ । ‘मैले निर्माण गरेको तीज गीतको यो पहिलो भिडियो हो, यस तीज गीतले तीजको मौलिकतालाई आत्मसाथ गरेको छ, हाम्रो प्रयासले पक्कै पनि स्रोता÷दर्शकको साथ पाउँने छ’, हरिले भने ।





