धुर्मुस-सुन्तली फिल्म निर्माणको तयारीमा

 (साउन १०, काठमाडौँ) । हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् ।

उनीहरुले केही दिनअघि चलचित्र विकास बोर्डमा  फिल्म दर्ता गराइसकेका छन् । फिल्म स्क्रिप्टका लागि धुर्मुस-सुन्तलीसहित मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायतका कलाकारहरु पोखरा पुगेका छन् ।

‘एन्टिभाइरस’ नाममा फिल्म दर्ता गराएसगै फिल्मलाई मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि बनाउने विषयमा टिममा छलफल भएको छ ।

धुर्मुस र सुन्तलीले फिल्म र सामाजिक कार्यलाई सँगसँगै लाने भएका छन् । उनीहरु देशको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा