साइबर सुरक्षामा जोखिम बढ्यो, कडा कारबाहीको व्यवस्था गर्न माग

काठमाडौँ, ८ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी तथा आपराधिक क्रियाकलाप बढिरहेको भन्दै जतिसक्दो चाँडो साइबर सुरक्षा ल्याउनुपर्ने माग गरेको हो । 

प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनालले राज्य डिजिटल नेपालमा रुपान्तरण भई डिजिटल अर्थतन्त्र निर्माणको क्रममा रहेको अवस्थामा सरकारले साइबर सुरक्षा ल्याउनुपर्ने आवश्यकता औँल्याए । प्राधिकरणले नेपालको बजारमा भाइबर, स्काइभ, फेसबुक, युट्युब र टिकटकजस्ता सस्ता अनाधिकृत प्रवेशबाट राज्यले प्राप्त गर्नुपर्ने राजस्व प्राप्त गर्न तथा त्यसले सिर्जना गर्ने सुरक्षाको चुनौतीलाई सामना गर्न र त्यसलाई नियमनको दायरामा ल्याउन नसक्नुलाई समस्या तथा चुनौतीका रुपमा लिएको छ । 

अध्यक्ष खनालले भने, “दूरसञ्चार सञ्जाल वा सामाजिक सञ्जालमा प्रयोग गरिने अभिव्यक्तिले राष्ट्रिय अक्षृण्णतामा खलल पु¥याउने, व्यक्तिगत गाली बेइज्जती तथा समाजमा अराजकता उत्पन्न गराउने देखिएकाले ‘कन्टेन्ट रेगुलेसन’लाई नियमनको दायरामा ल्याउन कानुनी व्यवस्था हुन नसक्नु समस्या तथा चुनौती हो ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा

काठमाडौँ, १३ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै