फिल्म ‘सुश्री सम्पत्ति’को ‘हुकुम बक्सियोस्..’ बोलको गीत रिलीज (भिडियो सहित)

 (साउन १०,  काठमाडौं) । सुव्रत आचार्य निर्देशित  फिल्म ‘सुश्री सम्पत्ति’को ‘हुकुम बक्सियोस्…..’ गीत सावर्जनिक भएको छ  ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता द्वय सलोन बस्नेत र विनोद न्यौपानेसँगै अभिनेत्री सारा सिर्पाली फिचर्ड छन् । गीतमा मेलिना राई र विशाल राईको स्वर रहेको छ भने सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ ।

गम्भिर विष्टको कोरियोग्राफी र शिवराम श्रेष्ठको छायांकन रहेको भिडियोमा सलोन ‘राजा’ र सारालाई ‘राजकुमारी’ को पहिरनमा देख्न सकिन्छ ।

भाद्र २२ गते प्रदर्शन फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्