प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ, ११ पौष । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

योसँगै एपीएफले गत संस्करणमा हारेको बदला लिन सफल भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको प्रदेश–१ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो । ६८ रनको लक्ष्य एपीएफले १४.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । 

एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् । प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी बेगमले ११ रन बनाउनुबोहक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी सीता रानामगरले तीन, रेखा रावलले दुई र करुणा भण्डारीले एक विकेट लिए ।


८ रनको लक्ष्य पछ्याएको एपीएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन् । ममता चौधरी १७ रनमा अविजित रहिन् ।सात रन जोड्दा दुई विकेट गुमाएपछि दबाबमा रहेको एपीएफको इनिङ्स ज्योति र ममताले उकासेका थिए । ज्योति र रोमा थापाले तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । ज्योति र ममताले चौथो विकेटका लागि ३३ रनको अविजित साझेदारी गरे ।

प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् । एपीएफकी ज्योति ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः