बलिउडको जी-टिभीको ‘जी सिने अवार्ड’ काठमाडौँमा हुने

(साउन ६, काठमाडौँ) । भारतीय टेलिभिजन च्यानल जि – टिभीले ‘जी सिने अवार्ड’ अवार्ड  यसवर्ष काठमाडौँमा गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित भव्य समारोहमा भारतबाट आएका टेलिभिजन संचालकले घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीको सक्रियता र निर्देशक दिनेश डीसीको संयोजनमा अवार्ड काठमाण्डूमा गर्न लागिएको हो ।

उक्त समारोहमा भारतीय सांसद सुवास चन्द्र, अमर सिंह, जी टिभी नेटवर्ककी संस्थापक एवं जया प्रदा सहभागि थिए । भेटमा चन्द्रले आगामी डिसेम्बरतिर जी टिभी अवार्ड काठमाण्डूमा गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत अवार्ड गरिने बताए ।

सो भेटघाटमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, अभिनेता नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, संचिता लुइँटेल, कोमल ओली, शम्भुजित बाँस्कोटा, केशव भट्टराई लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्