साफ यु १९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौँ, ४ पौष । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशका ढाकामा आज  भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको जितमा प्रियङका देवीले गोल गरिन् । उनले खेलको ६७ औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो  । 

यता पराजयसँगै नेपालको फाइनलमा प्रवेश गर्नेे सम्भावना अर्को खेलको नतिजालाई कुर्नुपर्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो । अब नेपालले फाइनल प्रवेशका लागि बङ्गलादेश र श्रीलङ्काबीच हुने खेलको नजिता पर्खनुपर्नेछ । बङ्गलादेशले श्रीलङ्कामाथि जित वा बराबरिकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने बङ्गलादेशले पराजय भोगे नेपाल फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ । भारतले चारमध्ये तीन खेल जित्दै नौ अङ्क जोडेको छ भने समान खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा बराबरी र एक खेल हारेको थियो । नेपालको सात अङ्क रहेको छ ।

भलिबल टोलीको बिदाइ

युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले बङ्गलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ । बङ्गलादेशमा यही पुस ६ देखि १४ गतेसम्म आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई राष्ट्रिय झण्डा प्रदान गर्नुभयो । नेपाली टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् । कार्यक्रममा खेलकूदमन्त्री गहतराजले खेलाडीको खेल जीवनपछिको अवस्थाका बारेमा मन्त्रालयले विभिन्न सरोकारवाला पक्षसँग छलफल गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताउनुभयो ।

रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः