स्पिनर सन्दिप अस्ट्रेलिया प्रस्थान

काठमाडौँ, ९ मंसिर । बिग ब्यास लिग खेल्न नेपाली लेग स्पिनर सन्दिप लामिछाने बुधबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । लगातार चौंथो सिजन लिग खेल्न लागेका सन्दीप अस्ट्रेलिया पुगेर १ दिन क्वारेन्टाइन बसेपछि टिमसँग अभ्यासमा जोडिनेछन्। 

बिग ब्यास लिगको एघारौं सिजन आगामी डिसेम्बर ५ तारिखदेखि सुरू हुँदैछ। यसपटक सन्दिपले होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दैछन् ।

गत वर्ष बिग ब्यास लिग खेलेपछि सन्दिपले कुनै पनि विदेशी लिग खेलेका छैनन् । भिसा समस्याका कारण इंग्ल्यान्डको दुई वटा टि-ट्वान्टी लिग ‘द हन्ड्रेड’ र ‘टि-ट्वान्टी ब्लास्ट’ गुमाएका उनले त्यसपछि नेपालको विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका कारण क्यारेबियन प्रिमियर लिग पनि गुमाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्