(साउन २, काठमाडौँ) । साउन ११ गतेबाट प्रदर्शन हुने फिल्म ‘चिँ मुसी चिँ’ को ‘आउ आज मायाको…’ बोलको गीत रिलिज भएको छ ।
गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ । सो भिडियोमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माको अभिनय देख्न सकिन्छ ।
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा शिवराज कार्की रहेका छन् ।
उक्त फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लागयतका कलाकारहरुको अभिनय रहेको छ।
भिडियो






