गायक खरेलको स्वरमा क्याप्टेन लामाद्वारा अभिनित ‘नेपाल आमा’ (भिडियो सहित)

(असार ३२, काठमाडौं) । नेपालमा मात्र नभई विश्वमा आफ्नो ख्याती कमाउन सफल गायक प्रमोद खरेलको राष्ट्रिय भावनाले ओतप्रोत रहेको ‘नेपाल आमा’मा क्याप्टेन तथा कलाकार विजय लामाद्वारा अभिनित म्युजिक भिडियो सार्वजनीक भएको छ ।

उक्त गितमा शब्द शम्भु तिवारीको रहेको छ भने रचना रमेश श्रेष्ठको रहेको छ । त्यस्तै निर्देशन कृष्ण पौडेलको रहेको छ । गितको सम्पादन शम्भु राउतले गरेका छन् भने छयाङकन प्रकाश बुढाथोकीको रहेको छ ।

जहिले पनि आफ्नो देशलाई आमा मान्ने क्याप्टेन लामाले देशमा शान्ति र विकासको निम्ती नेपालमा गौतम वुद्ध पुन चाहियो भन्ने सन्देश आम नेपालीमा पुर्याउनका लागि यो म्युजिक भिडियो सर्वाजनिक गरेका छन् । देशलाई आफ्नो प्राण भन्दा प्यारो ठान्ने क्याप्टेन लामाले देशमा भएको अशान्तिका कारण नेपालीमा अन्धकारले छाएको भन्दै पोखरेलको राष्ट्रिय गितमा आफ्नो अभिनय प्रस्तुत गरका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टर स्थानान्तरणसम्बन्धी विषयमा आजै जवाफ दिन

काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम

काठमाडौँ, २२ साउन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरूलाई रंगरोगन गरेर मात्र नयाँ युगको

काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतले सुकुमबासी बस्तीबाट विस्थापित भएका वा हुन सक्ने बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न र विकल्पबिना