विद्यालयलाई कम्युटर सहयोग

गोरखा, १३ कार्तिक । गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्युटर सहयोग गरिएको छ । पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई आज इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो । 

विद्यालयका पूर्वविद्यार्थी एवं युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा. सतिशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो । 

कम्युटर विद्यालयका पूर्वविद्यार्थी एवं भूगर्भविद् डा कृष्णचन्द्र देवकोटा र पालुङटार नगरपालिकाका नगरप्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्तरुपमा हस्तान्तरण गरे ।  

कार्यक्रममा नगरप्रमुख कँडेलले अमरज्योति जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउनका लागि नगरपालिका कटिबद्ध भएर लागेको बताए ।  “पालुङटार नगरपालिकालाई शिक्षाको हव निर्माणका लागि हामी लागिरहेका छौँ”, नगरप्रमुख कँडेलले भने । डा. देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्युटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो

काठमाडौँ, ९ असोज । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का

काठमाडौँ, ९ असोज । काठमाडौँसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज

काठमाडौँ, ९ असोज । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ