(असार ३१, काठमाडौं)। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिबार इन्गेजमेन्टको टिकाटालो गरेका छन ।
उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छिन । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छिन ।
इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति तोकिएको छैन ।




