(असार २८, काठमाडौँ) । लक्ष्मण रिजालको निर्देशनमा रहेको चलचित्र ‘कायरा’को पहिलो गीत रिलिज भएको छ ।
अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भिडियोमा देख्न सकिन्छ। सो फिल्म साउन १८ गतेबाट देशभर प्रदर्शन हुने भएको छ ।
गीतमा केतन क्षेत्रीले स्वर तथा कोशिश क्षेत्रीको शब्द र संगीत रहेको छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
फिल्ममा आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु अभिनय रहेको छ ।
भिडियो






