नेपाल श्रीलंकालाई पराजित गर्दै शीर्षस्थानमा

काठमाडौँ, १९ असोज । नेपालले साफ च्याम्पियनसिप-२०२१मा लगातार दोस्रो खेलमा जित निकालेको छ । गएराति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो । माल्दिभ्समा भएको खेलमा नेपाललाई जित दिलाउनको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले समान एक-एक गोल गरे । श्रींलकाको लागि मार्भिन हामिल्ट र डिलिअन डि सिल्भाले गोल फर्काए ।

जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६