काठमाडौँ, १८ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा खेल्ने छन् । क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ ।
यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्ने छन् । पोखराले चार खेलमा पाँच अङ्क जोडेको छ । काठमाण्डौ दुई खेलमा दुई अङ्क जोडेर पाँचौं स्थानमा छ ।






