काठमाडौँ, १५ असोज । चितवन टाइगर्सविरुद्धको खेलमा ‘स्लो ओभर’ बलिङ गरेको भन्दै एभरेस्ट प्रिमियर लिग (ईपीएल)ले काठमाडौं किङ्स–११ का कप्तान सन्दीप लामिछानेलाई जरिबाना गरेको छ ।
बिहीबार भएको चितवनविरुद्धको खेलमा स्लो ओभर बलिङ गरेको भन्दै कप्तान सन्दीपलाई कप्तानको रूपमा लागु भएको ‘म्याच फी’ १० प्रतिशत म्याच फी जरिबाना गरेको हो । म्याच रेफ्री मोहम्द शफिकले यो जरिबाना तोकेका हुन् ।
त्यस्तै बाँकी खेलाडीहरूलाई पनि ‘म्याच फी’को २ प्रतिशत जरिबाना गरिएको छ । बिहीबार भएको खेलमा काठमाडौं चितवनसँग ३ विकेटले पराजित भएको थियो । सन्दीप लामिछानेले ईपीएलमा पहिलोपटक कप्तानी गरेका हुन् ।
सन्दीपको टिमले पहिलो खेलमा ललितपुर प्याट्रियट्माथि ७ विकेटको जित निकालेको थियो ।







