(असार २५, एजेन्सी) । क्यानडियन पप गायक जस्टिन बीबरले अमेरिकी मोडल हेली बाल्डविनसग इन्गेजमेन्ट गरेका छन ।
२४ वर्षीय जस्टिन पछिल्लो २ वर्षदेखि हेलीको प्रेममा थिए । यही जुलाई ७ शनिबारका दिन बहमासको एक रिसोर्टमा दुवैले इन्गेजमेन्ट गरेका हुन् । २२ वर्षीया हेली अमेरिकाकी चर्चित मोडल हुन । यी दुवैले इन्गेजमेन्ट गरेको खबरबारे अहिलेसम्म आधिकारिक जानकारी भने दिएका छैनन् ।
सामाजिक सञ्जालमा जस्टिनका बुवा तथा आमाले पोष्ट गरेको स्ट्याटसमा जस्टिनका बुवाले जस्टिनको फोटोसहित ‘नयाँ अध्यायका लागि उत्साहित रहेको’ लेखेका छन् भने उनकी आमाले पनि खुशी व्यक्त गरेकी छिन् ।





