जापानमा भारी वर्षा, करिब १०० को मृत्यु, ५० बढी वेपत्ता : सुरक्षित स्थानमा वस्न आग्रह

(असार २५, एजेन्सी) । जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी वेपत्ता भएसँगै सरकारले १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थामा वस्न आग्रह गरेको छ ।

प्रधानमन्त्री सिन्जो आबेले भनेका छन् ‘उद्धारकर्मीहरुले समयको सामना गरिरहेका छन् । धेरै व्यक्ति हराइरहेका छन् र धेरैलाई सहायता चाहिएको छ ।’ जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको पिरफेक्चरमा भएको छ । सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् ।

गत विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको क्योटो शहरमा अहिले पनि मुसलधारे वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीका अधिकारीहरुका अनुसार अझै केही दिनसम्म वर्षा जारी रहने सम्भावना छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई