(असार २४, स्कटल्याण्ड) । गायक तथा संगीतकार नभकृश पन्चकोटीको एल्बम ‘महकू ९२०१८०’को चर्चित गीत कोमल तिम्रो बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
स्कटल्याण्डमा छायांकन गरिएको गीतमा संगीत हरि लम्सालको रहेको छ भने एरेञ्ज महाराज थापाको रहेको छ । म्युजिक भिडियोमा स्कटल्याण्डको मनोरम दृश्यमा कलाकारहरु लियो ट्यांक र पुजा पन्चकोटीको रोमान्स देखन सकिन्छ ।
कोरियोग्राफीमा निकै अब्बल मोहन कार्कीले यस म्युजिक भिडियोमा कोरियोग्राफी गरेका छन् । नृत्य विधामा दुई दशक भन्दा बढी अनुभवी कार्कीले नेपालमा रहँदा नायक दिलिप रायमाझीसंग नृत्यaमा लामो सहकार्य गरेका थिए । रो प्रोडक्सन युकेले निर्माण गरेको उक्त म्युजिक भिडियो को निर्देशन दिपेश रेग्मीको रहेको छ । रो प्रोडक्सन युकेले हालै निर्माण गरेको भारतीय गायिका संजीवनी र नारायण धितालको म्युजिक भिडियो ‘अंगालोमा बाँधी ‘ नेपाली टिभी हरु र सामाजिक संजालहरुमा निकै चर्चित रहेको छ ।
२०४३ सालमा रेडियो नेपालमा स्वर परिक्षण गरेर गायन क्षेत्रमा साधनारत गायक नभकृश पन्चकोटीको १९९८ मा ‘फलिंग इन लभ’। २००६ मा ‘क्रियशन’ , २००९ मा ‘म ‘ गीती एल्बम निस्किसकेको छ भने २०१८ मा ‘महक’ गीती एल्बम निस्कने तयारीमा रहेको छ। २०४५ मा म्युजिक नेपालमा रेकर्ड गरिएको गायक पन्चकोटीको मायालु ए मेरी मायालु गीत शब्द सुशील देवकोटा , संगीत सुशील बिश्वकर्मा निकै नै चर्चित रहेको थियो।
भिडियो






