(असार २३,एजेन्सी) । बलिउड अभिनेत्री क्यान्सरपिडित सोनाली बेन्द्रेले मनिषा कोइरालालाई टि्वट गरेकी छिन् ।
केही समयअघि क्याम्सरबाट मुक्त नायिका मनिषा कोइरालाले टि्वटरमा सोनालीलाई स्वास्थ्यलाभको कामना गर्दै लेखेकी थिइन्, ‘भगवानको कृपाले तिमी चाँडै ठिक हुने छौ र खुशीको समाचारसहित घर फर्किने छौ । मेरी साथीलाई माया र प्रार्थना ।’
यसमा जवाफमा सोनालीले लेखेकी छिन्, ‘धन्यवाद मनिषा । तिमी मेरो प्रेरणा हौ ।’
उनको हाई ग्रेड क्यान्सरका कारण अमेरिकाको न्यूयोर्कमा उनको उपचार गरिरहेको छ । क्यान्सर उनको शरीरमा फैलिसकेकाले उपचार अत्यन्त जटिल मानिएको छ ।






