(असार २२, काठमाडौँ) । २९ जूनमा रिलिज भएको फिल्मले ‘सञ्जू’ प्रदर्शनको १ हप्तामा २०२. ५१ करोडको आँकडा पार गरेको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दे फिल्मको १ हप्ते बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् ।
सञ्जूले शुक्रवार ३४.७५ करोड, शनिवार ३८.६० करोड, आइतवार ४६.७१ करोड, सोमवार २५.३५ करोड, मंगलवार २२.१० करोड, बुधवार १८.९० करोड र बिहीवार १६.१० करोडको कलेक्सन गर्दै भारतमा कूल २०२.५१ करोड कमाएको छ ।
बलिउड अभिनेता रणबीर कपूरको सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको छ र १ दिनमा सबै भन्दा बढी कलेक्सन गर्ने फिल्म पनि ‘सञ्जू’ नै हो ।






