अब विद्यार्थीले पनि कोरोना खोप पाउने

काठमाडौँ, २७ साउन । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ ।

काठमाडौँको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।