(असार १५, काठमाडौँ) । असार २९ गतेबाट प्रर्दशन हुन लागेको फिल्म बोबीको प्रचार प्रसारमा कलाकारहरु लागिरहेका छन् ।

कलाकारहरु विजय लामा,उमेश थापा,कविता गुरुङ्ग,निर्माता तथा निर्देशक मिलन चाम्स सहितको टिम प्रचार प्रसारमा जुटेका छन् । नर्वेमा छायांकन गरीएको फिल्ममा उमेश थापा र कविता गुरुङ्गको जिवनी र प्रेम कथामा आधारित छ ।

चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बोबीमा विजय,उमेश र कविता सँगै रुवी राणा, देशभक्त खनाल,सुरबिर पण्डीत,बादल भट्ट,रबि गिरि,बालदिप राई,शिशिर राण,पुर्णीमा लामा,रश्मी भट्ट लगायत कलाकारहरुले अभिनय गरेका छन्






