(असार १३, एजेंसी) । राजकुमार हिरानीको निर्देशनमा रहेको फिल्म ‘संजु’ मा बलिउड अभिनेत्री मनिषा कोइराला रणबीर कपुरकी आमाको भूमिकामा पर्दामा हुनेछिन ।
बीबीसीसँगको कुराकानीमा मनिषाले भनिन्, ‘नायिकाहरुले ४० उमेर पार गरेपछि आमाको भूमिका मात्र पाउँछन्, यसमा म फस्न चाहन्नथें । म क्यान्सरसँग जुधिरहेको थिएँ । म त राजू हिरानीलाई ‘नाइँ’ भन्न गएको थिएँ तर उनले मलाई यति राम्रो तरिकाले सम्झाए कि मैले उक्त प्रस्तावलाई अस्विकार गर्नै सकिनँ । अब मलाई फिल्मको हिस्सा हुन पाउँदा गर्व छ ।’




