लक्ष्मण निर्देशित फिल्म ‘कायरा’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

 (असार ११, काठमाडौं)  ।   लक्ष्मण रिजालको निर्देशनमाँ रहेको फिल्म ‘कायरा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

 साउन १८ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको ट्रेलरमा आर्यन र साम्राज्ञी बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । पहिलो पटक आर्यन र साम्राज्ञीको जोडी स्क्रिनमा देखिन लागेका कारण यो फिल्मप्रति दर्शकको चासो केही माथी छ ।

  फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय रहेको छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ भने गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् । फिलिपिन्स र नेपालमा यसको छायांकन गरिएको फिल्मलाई शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् ।

ट्रेलर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी