तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

(असार ९, एजेन्सी) । तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन् ।

अपहरणमा पर्नेहरुमा सडक निर्माण कार्यमा संलग्न कामदारहरु समेत रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । युद्धविरामको अवधि सकिएपछि आक्रमक रुपमा प्रस्तुत भएका लडाकूहरूले चार जना सुरक्षाकर्मीको हत्या पनि गरेका छन् ।

लडाकूहरूले कान्दाहार प्रान्तको स्पीन बोल्डाक जिल्लामा रहेको सुरक्षा शिविरमा आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता डाउड अहमादीले एएफपीलाई जानकारी दिनुभयो ।

अपहरणमा परेका ४३ जना मध्ये केही प्राविधिक कमदार, चालक र खाना बनाउने कामदार समेत रहेका छन् । उनीहरुलाई रोजगारी दिएको अफगानी निर्माण कम्पनीले पनि उनीहरु अपहरित भएको पुष्टी गरेको समाचारमा जनाइएको छ ।
तालिवानी लडाकूहरुले पनि अपहरणको जिम्मेवारी लिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष