कोस्टारिकाविरुद्व ब्राजिलको २–० गोल आन्तरले जित

(असार ८, काठमाडौं) । रसियामा जारी विश्वकप २०१८ खेलमा कोस्टारिकाविरुद्व ब्राजिलले अन्तिम समयमा २–० गोल गर्दै जित निकालेको छ ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ । ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।

समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी खेलेर दबाबमा रहेको ब्राजिलले शुक्रबार संघर्षपूर्ण जित निकाल्दै आफूलाई समूह ईमा अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याएको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । दुबै खेल गुमाएको कोस्टारिका शून्य अंकसहित पुछारमा छ ।

समूह ईमा नै रहेको सर्बिया र स्वीटजरल्याण्डबीचको खेल शुक्रबार पौने १२ बजे हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौँ, २७ असोज । फिल्म ‘पेन्सन पट्टा’ले करिब १० करोड कमाइ गरेको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । ‘रामायण’ चलचित्रका निर्माताहरूले बहुप्रतिक्षित दुई भागको यो महाकाव्यको पहिलो भाग सन् २०२६ को नोभेम्बर ५ मा