पालैपालो निर्वाचन आयोग पुगे तीन दलका नेताहरु

काठमाडौँ, ३ असार । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् ।

माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेका हुन् । माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्ष गरी १७,१८ जना एमालेमा प्रवेश गरेकाले उक्त जनप्रतिनिहरुलाई दल त्यागको सूचना जारी गर्न दवाव दिन माओवादीका नेताहरु आयोग पुगेका हुन् ।

एमाले र माओवादीका नेता आयोगबाट निस्केको केही बेरमा शुक्रबारै जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा आफू बोल्न पाउनुपर्ने बताएका छन् । संसदको गतिरोध

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु

काठमाडौँ, ३१ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नगरिए सरकारको नीति तथा कार्यक्रम पेस गर्न

काठमाडौँ, ३१ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा जनशक्तिको विदेश पलायन र लाहुरे संस्कृतिको प्रभाव पनि विकासको बाधक