काठमाडौँ, ३० जेठ । युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।
गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
जितसँगै समूह ‘बी’मा रहेको बेल्जियमले ३ अङ्क जोडेको छ । यो समूहमा रहेको फिनल्याण्डको पनि ३ अङ्क नै रहेको छ ।






