दीपिका र रणवीरको विवाह नोभेम्बर १० मा हुने

(असार ७, एजेन्सी) ।  लामो समय प्रेममा रहेका  बलिउड अभिनेता रणवीर सिंह र  अभिनेत्री दीपिका पादुकोणको विवाह नोभेम्बर १० मा  हुने  भएको खबर सार्वजनिक भएको छ ।

विवाहको कार्यक्रम भारतभन्दा बाहिर इटाली वा भारतकै बेङ्लोर वा दुवै स्थानमा हुन सक्ने सम्भावना रहेको छ । अहिले दुवै परिवारमा विवाहको तयारी धमाधम चलिरहेको छ । दुलही पक्ष किनमेलका व्यस्त हुन थालिसकेका छन् भने अभिनेता रणवीर सिंह फिल्मी करियरको उचाइमा रहेको बेला भइरहेको विवाहलाई लिएर निकै उत्साहित छन् ।

दीपिका पनि विवाहका लागि भनेर समय साँचेर बसेकी छिन् । उनले पछिल्लो समयमा कुनै पनि फिल्म साइन नगर्नुलाई पनि विवाहसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २२ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री

काठमाडौँ, २२ साउन । नेपाल गुणस्तर परिषद्को ११९औँ बैठक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहित सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला

काठमाडौँ, २२ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौँ महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई रु