बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ, ३ जेठ । स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा बार्सिलोनाले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीलाई ४–० ले हरायो । बार्सिलोनाले खेलको पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाती गोलमा अग्रता बनाएको थियो । १४औँ मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाइन् ।

२१औँ मिनेटमा एटाना बोनमतीले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० को बनाइन् । कार्लाेलिन हेनसेनले ३६औँ मिनेटमा गोल गर्दा बार्सिलोना ४–० ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । चेल्सी पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६